काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ सय रूपैया घटेर ताेलाकाे १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसअघि छापावाल सुन आइतबार छापावाल सुन तोलाकाे १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १४ सय १० रुपैयाँमा कारोबार भएको हो ।