गाजा । गाजामा मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको तथ्यांकले देखाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रामणमा परेर १९ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।  

उसका अनुसार युद्ध सुरु भएदेखि इजरायली आक्रमणमा ७,७२९ बालबालिकासहित कम्तीमा १९,४५३ व्यक्तिको मृत्यु भएको हो।

घाइतेहरुको संख्या पनि ८,६६३ बालबालिका सहित ५२,२८६ पुगेको मन्त्रालयले जनाएको छ।