काठमाण्डौ । नेपालमा नयाँ जनशक्तिहरु स्वदेशमानै केही नौलो उद्यम वा व्यवसाय गर्न लाज मानेकै कारण बेरोजगारी भई बसेका हामीले देख्दै आएका छौं। पूँजी र वातावरणको अभाव भन्दै मुलुकभित्र युवाहरु पसिना चुहाउनुभन्दा विदेश जान गर्विलो छाती बनाउने तर स्वदेशमा सानोतिना कामको थालनी नगर्दा मसल ड्रेन भइरहेको सत्यताबाट हामी बाहिर छैनौँ । गर्न सक्ने मान्छेलाई र लाज नमानीकन गर्ने आँट हो भने नेपालमा जहीँतहीँ पैसा फलाउन सकिने गतिलो उदाहरण बनेकी छिन् , एक युवा उद्यमी सविता ल्वागुन।
ल्वागुनलाई इन्डियामा पपुलर बिरयानीको रियल स्वाद काठमान्डौका बिरयानी पारखीलाई खुवाउने मन थियो। सन् २०१८ मा उनी र उनको टिमको मेहनतका कारण सिटी सेन्टरमा बलिउड बिरयानीको पहिलो शाखा सुरुवात गर्न सफल भयो। २६ वर्षीया हँसिली र जोशिली ल्वागुन हाल सिनामंगल र ठमेलमा समेत यसको शाखा बिस्तार गर्न सफल भैसकेकी छिन्। केहि समय बन्द रहेको सिटी सेन्टरको शाखा पुन सञ्चालन गर्ने तयारीमा समेत रहेकी छिन्।
सुरुवातमा ल्वागुनको बिरयानीको व्यपार राम्रो थियो। हाल बिरयानी रेस्टुरेन्ट काठमाण्डौ धेरै खुलिसकेका छन्। उनलाई यो देख्दा खुशी लाग्छ तर खानाको स्वाद, स्वच्छतालाई कायम राख्नु पर्ने उनी बताउछिन्। एउटा सामान्य खानालाई पनि नयाँ कन्सेप्ट दिएर सफल व्यवसायी बनेकी ल्वागुन छिट्टै अरु व्यवसाय पनि सुरुवात गर्ने सोचमा छिन्।
भनिन्छ– गर्नेलाई जहीँतहीँ । यस्तै नियम लागू हुन्छ, ल्वागुनको जीवनमा । विदेशमा पनि जागिरको अनुभव संगालेकी उनी हाल रेस्टुरेन्ट व्यवसायमा चम्किरहेका छिन् । इन्डियन पपुलर परिकारलाई काठमाण्डौमा रेस्टुरेन्टका रुपमा आधुनिकीकरण गर्ने आइडियाले नै सफल बनिरहेकी ल्वागुनको मेहनतलाई हामी सबैले सम्मान गर्नैपर्छ अनि कामलाई सानोतिनो ठान्ने नेपाली समाजको धारणालाई समेत चिर्न आवश्यक ठहर्छ । आफ्नो व्यवसायका माध्यमबाट थुप्रैलाई रोजगारी दिन सफल ल्वागुनलाई सबैखबर परिवार थप सफलताको शुभकामनासमेत प्रदान गर्दछ ।
बलिउड बिरयानीको फेसबुक पेज हेर्न यहाँ थिच्नु होला









