काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दरमा १६० रुपैयाँ तथा बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५१ रुपैयाँ कायम भएको छ भने युरोपियन युरो एकको खरिद दर १४१.७२ रुपैयाँ तथा बिक्री दर १४२.३६ रुपैयाँमा कारोबार हुनेछ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.०५ रुपैयाँ र बिक्री दर १६२.७८ रुपैयाँले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.०० रुपैयाँ तथा क्यानेडियन डलर खरिद दर ९६.१६ तथा बिक्रीदर ९६.६० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २७.९० रुपैयाँ र बिक्री दर २८.०२ रुपैयाँ कायम भएको छ ।