काठमाण्डाै । आज मंगलवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

हिजो साेमवार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।