अष्ट्रेलिया– नेपालमा हुन गैरहेको एनआरएनए अन्तरराष्ट्रिय परिषद (एनआरएनए) को अभिमानसिंह बस्नेतले सचिब पदमा उम्मेदवारी दिने भएका छन । लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका सामाजिक अभियन्ताको रूपमा परिचित बस्नेतले (२०२१-२०२३) को लागि सचिब पदमा उम्मेदवारी दिने भएका छन् ।

उनले भने, ‘म सन् २००८ देखी अस्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गरिरहेको छ ।’ सन् २०१५-२०१७ को कार्यकालको लागि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरेपछी निरन्तर रुपमा म नेपाली डायस्पोराको अष्ट्रेलियाली समाजमा सकृय छु र यस अघि नेपाल रहँदा देखि नै सामाजिक सरोकारका काममा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म लागि परिरहेकै छु‘ आफ्नो बारेमा अभिमानले जानकारी दिए ।

आफूले एनआरएन अभियानलाई हाम्रो अधिकार, जिबनशैली अनि जिम्मेवारीको अभियानको रुपमा लिएको बताऊँदै सिंहले दोहोरो नागरिकता पाउँदै गर्दा जन्मेको राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्छ भन्ने आफूले राम्ररी बुझेको बताए । अभिमानले भने, ‘सायद हामी पछीको वा हाम्रा छोराछोरी नाती नातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तबरले योगदान पुर्याउलान भन्नेमा आशा गर्न सकिन्छ। हामी नेपालीहरुको माइग्रेसनको ईतिहास खासै लामो पनि त होइन, तर पनि यो प्रबासी जिबन अजमाउने कुरो हाम्रो लागि नौलो र नयाँ पनि होइन।

धेरैले यो सानो समयमा उल्लेख्य प्रगति गरेका छन, जिबन र जगतको अनुभब संगालेका छन, सफल भएका छन, ब्यबसायिक भएका, नाम कमाएका छन। अहिलेको अबस्थासम्म आइपुग्दा नै सफल बैज्ञानिक, बिज्ञ, ब्यबसायी, मार्गदर्शक, समाजसेबी, राजनीतिक एबम अनेकौं पेशाकर्मीको पहिचान बोकेर विश्वभरका नेपालीहरुले जताततै दह्रो उपस्थिति बनाएका छन। त्यसमा गर्व गर्न सक्नुपर्छ हामीले ।’

उनले भने, ‘कर्मभूमिमा सिकेको ज्ञान र शिप अनि समृद्दीलाई मातृभूमिको उत्थान र बिकासमा लगाउने जिम्मेवारी पनि अहिले सम्पूर्ण एनआरएनहरुले महसुस गरेका छौं होला भन्ने बिश्वास मलाई छ ।’

‘आगामी २ बर्ष मेरा एजेण्डाहरु मात्र होइन तपाईंहरूको सल्लाह र सुझाबलाई पनि समेटेर मैले मेरो क्षमताले भ्याएसम्म एनआरएनहरुले लिएको उद्देश्य र योजना कार्यान्वयन गर्न कटिबद्द रहेको उनले भने ।’

यस्तो छ अभिमानको प्रतिबद्धता

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

२) पर्यटन प्रवर्द्दनमा एनआरएनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने

३) Ancestry tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने

४) संसारभरिको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने

५) ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने

६) बर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने बाताबरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने

७) ICC र NCC को प्रत्यक्ष कम्युनिकेसनको बाताबरण बनाउने

८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने

९) ICC सचिबको रुपमा महासचिब र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने