११ फागुन, रामपुर । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताउनुभएको छ ।

रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३औँ वार्षिकोत्सव तथा १३औँ परिषद् भेलालाई मंगलबार सम्बोधन गर्दै उहाँले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी वढाउन आवश्यक छ भन्नुभयो ।  यस आयोजनाबाट रामपुर नगरपालिका–३, ४, ५, ६ र ७ का करिब एक हजार २३० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ । करिब तीन दशक इतिहास बोकेको यस आयोजना सञ्चालनमा आएपछि धान, गहुँ, मकै, तरकारी लगायतका विभिन्न बालीनाली उत्पादन हुने गर्छ ।