काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार उक्त सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।