काठमाडौं । मंगलवार सुनको मूल्य बढेको छ ।

सोमवारको तुलनामा मंगलवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलवार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार तोलाको १ लाख ८ हजार रुपैयाँमा रहेको थियो ।

मंगलवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।